एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन
२७ कार्तिक २०८१, मंगलवार १०:४०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतशित हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।
अघिल्लो दिन अर्थात सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतकित्ता १ हजार ३३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।