नेपाल बजारमा आयो माउन्टेन ईभीः एकपटकको चार्जमा ३०० किलोमिटरको ड्राइभिङ्ग रेन्ज, मूल्य कति ?

२७ कार्तिक २०८१, मंगलवार ११:०५

काठमाडौँ । फोटन नेपालले नेपालमा विशेष डिजाइन गरिएको आफ्नो अत्याधुनिक माउन्टेन ईभी भ्यानको १०० सवारीसाधन एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा नयाँ अध्याय सुरु गरेको छ । नेपालको जटिल भौगोलिक परिस्थितिलाई ध्यानमा राखेर बनाइएको यो ईभी भ्यानमा ५३.५८ किलोवाट क्षमताको ब्याट्री छ, जसले एकपटकको पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ्ग रेन्ज दिन्छ (एनडिइसी) ।

यो नेपालका लागि डिजाइन गरिएको पहिलो विद्युतीय सवारी साधन हो, जसमा १३० किलोवाट अधिकतम पावर, ३३० न्युटन मिटर टर्क र २५ प्रतिशत डेबिलिटी जस्ता विशेषताहरू छन् ।

एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको बताए । उनले भने, ‘आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं – यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।’

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ । माउन्टेन ईभी आफ्नो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको हो।

माउन्टेन ईभी भ्यान १४ देखि १५ सिट क्षमतामा उपलब्ध छ, जसमा उच्च छन् , अत्यधिक स्पेस र आरामदायी सुविधाहरू छन् । यसमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ सहयोग, हिल होल्ड कन्ट्रोल, दुईवटा ड्राइभिङ्ग मोड, र आर१६ ड्यूरेबल टायरहरू जस्ता विशेषताहरू पनि छन्।

१४ सिट क्षमताको भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिट क्षमताको मूल्य ५७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय र व्यवसायिक सवारीसाधनमा फोटनको विशेषज्ञता नेपाललाई स्वच्छ र दिगो भविष्यतर्फ उन्मुख गर्नमा योगदान पुर्याउनेछ।

फोटन नेपाल, एमएडब्लू वृद्धि समूहद्वारा सञ्चालनमा रहेको छ, जसले सन् २०१४ देखि नेपालमा विभिन्न अन्तर्राष्ट्रिय सवारीसाधन ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ। व्यवसायिक र विद्युतीय सवारीसाधनमा उच्चस्तरीय सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता, र भरपर्दो स्टकको सुनिश्चितता गर्दै आएको एमएडब्लू वृद्धिले फोटन, सोकन, सेरेस, नामी, र चाङ्गन जस्ता ब्रान्डहरू नेपाली बजारमा सफलतापूर्वक प्रस्तुत गर्दै आएको छ।

फोटनको यो नयाँ माउन्टेन ईभी भ्यान नेपाली सवारीसाधन उद्योगलाई स्वच्छ, दिगो र प्रविधिमैत्री यात्रातर्फ नयाँ दिशामा अग्रसर गर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*