हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्षमा नकर्मी चयन
२७ कार्तिक २०८१, मंगलवार १०:२१
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बिजय मान नकर्मी चयन भएका छन्।
लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन्।