एनएमबि लघुवित्तको नाफासँगै ईपीएस धनात्मक
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार चालु वर्ष कम्पनीको खुद नाफा धनात्मक भएको हो।
गत वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा घटेर ७१ लाख रुपैयाँ धनात्मक भएको छ। गत वर्ष ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा घटेर ७१ लाख रुपैयाँ धनात्मक भएसँगै खुद नाफामा टेवा पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५ करोड ७४ लाख रुपैयाँबाट बढेर ८ करोड ८ लाख रुपैयाँ पुगको छ। कम्पनीको कुल सञ्चालन आम्दानी समेत ६ करोड ५८ लाख रुपैयाँबाट वृद्धि भई ९ करोड ८ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २६.२५ रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवमा ३.९७ रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको खराब कर्जा समेत ०.९० प्रतिशतले घटेर ६.३७ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ।
चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ७ करोड २९ लाख, रिटेन्ड अर्निङमा ५ करोड ५० लाख ऋणात्मक र रिजर्भमा २० करोड रुपैयाँ छ। कम्पनीको सापटी ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ भने कर्जा प्रवाह ५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी छ। त्यस्तै कम्पनीले १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।