मितेरी डेभलपमेन्ट बैंकको ४४ हजार कित्ता शेयर बिक्रीमा
२७ कार्तिक २०८१, मंगलवार ०६:४२
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्। शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।