सिस्नेरी खोलाको बाढीमा परी ज्यान गुमाएका ६ जना खेलाडीको सम्झनामा आयोजित श्रद्धान्जली सभा
काठमाडौँ । एन्फा फुटबल एकेडेमीका ६ जना युवा खेलाडीहरुको निधन भएको ४५औं दिनको सम्झनामा आयोजित हार्दिक श्रद्धान्जली सभा सकिएको छ । सोमबार कुपण्डोल ब्याङ्केटमा दिउँसो करिव पाँच सयबढी मानिसको उपस्थितीमा उक्त श्रद्धान्जली सभा सम्पन्न भएको हो ।
गत असोज महिनामा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीका ६ युवा खेलाडीले ज्यान गुमाएका थिए । उनीहरुको परीवारलाई न्याय दिलाउन र निधन भएका खेलाडीहरुको आत्मशान्तीको लागि सभा आयोजना गरिएको हो ।
सभामा विभिन्न क्षेत्रका खेलाडीहरुले उपस्थित भएर श्रदान्जली अर्पण गरेका छन् । साथै, उनीहरुले मृतक खेलाडीको परिवारलाई मन बलियो बनाउन र न्याय दिलाउन पहल गर्ने बताए । सभामा एन्फाका पदाधिकारीदेखि मृतक खेलाडीका परिवार लगायतका मानिसहरुको उपस्थिती रहेको थियो ।