नेप्सेमा दुई कम्पनीको २ लाख ७८ हजार कित्ता बोनस शेयर सूचीकृत, कस्को कति ?

२६ कार्तिक २०८१, सोमबार १५:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनस शेयरसूचीकृत भएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको २ लाख ५० हजार कित्ता र समाज लघुविको १४.२५ प्रतिशत बापतको २८ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब यी दुई कम्पनीको बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*