१४३ कम्पनीका लगानीकर्ता बने मालामाल, ७ वटामा सकारात्मक सर्किट

२६ कार्तिक २०८१, सोमबार १५:२०

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ के को बिन्दुमा कायम भएको छ ।

आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १४३ वटाको शेयरमूल्य बृद्धि भएको छ । शेयर बजा बढेसँगै आज ७ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा सपोर्ट माइक्रोफाइनान्स, सामुदायीक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनर्शील लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पछिल्लो दुई दिन यता बजारमा रौनकता छाएको छ । अघिल्लो दिनको तुलनामा तीन अर्ब रुपैयाँले बढी कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*