पुँजी बजारमा हरियालीको रौनकः ११ अर्ब माथिको कारोबार, के अब नयाँ रेकर्ड तिर लम्किएको हो ?
काठमाडौँ । पुँजी बजारमा हरियालीको रौनक देखिएको छ । नेपालीहरुका ठुला चाडपर्व सकिएसँगै बजारमा उत्साह देखा परेको हो । बजारमा आएको सुधारले लगानीकर्ताको मनोबल समेत दरिलो बनाउँदै लगि रहेको छ ।
यसदिन कारोबार रकम समेत उच्च बन्न पुगेको छ । कारोबार भदौ १९ गते यताकै उच्च हो । कारोबारमा आएको सुधारले नयाँ बुलको यात्रा तय गरेको देखिन्छ । बजारलाई आवश्यक सबै सूचक सकारात्मक रहेको हुँदा अब गति लिने विश्वास आम लगानीकर्ताहरुको रहेको छ ।
अझ मौद्रिक नीतिको पहिलो समिक्षाले केहि बल दिएको खण्डमा बजारले नयाँ उचाई कायम राख्ने आंकलन गरीएको छ । बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको, नीतिहरु समेत सुधार हुँदै गएको, नियामक सकारात्मक रहेको र अर्थतन्त्र समेत सुधार तिर लम्कि रहेको बेला बजारमा समेत रौनक आउने आश आम लगानीकर्तामा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यसदिन बैंकिङ समूहको शेयर १.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२८ प्रतिशत, जीवन बीमा समूहको १.६६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.२० प्रतिशतले मूल्य बढेको छ ।
सोमबार १४३ कम्पनीको शेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ ।