नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ५५ जनालाई रोजगारीको अवसर
२६ कार्तिक २०८१, सोमबार १४:२८
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रोजगारीको अवसर खुलाएको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनीमा पाँच र ट्रेनी एसिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्प्युटर इन्जिनियरीङमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, ट्रेनी एसीस्टेन्टको लागि पनि कमर्स, म्यानेजमेन्ट, इकोनोमिक्स, लिगल, आइटी लगायतका विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
उक्त पदहरुमा आवेदन दिन इच्छुक नागरिकले बैंकको आधिकारीक वेबसाइट https://www.nimb.com.np/personal-banking/career/ta मार्फत आवेदन दिन सक्नेछन् ।