मेरो माइक्रोफाइनान्स लघुवित्त १३औं वर्षमा प्रवेश, आर्थिक प्रगतिका लागि गरिबको सारथी
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव मनाउँदैछ । १२ वर्षको यात्रामा संस्थाले मुलुकभरि वित्तीय पहुँच विस्तार गर्दै हजारौं नागरिकलाई वित्तीय सेवामा समेटेको छ । यस अवसरमा संस्थाले आफ्नो प्रगति र सफलता पछाडि रहेका सबै शेयरधनी, लगानीकर्ता, ग्राहकवर्ग, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको इजाजतपत्र प्राप्त मेरोमाइक्रोफाइनान्स लघुवित्तको स्थापना सन् २०१३ मा ७ वटा वाणिज्य बैंक र १ वटा विकास बैंकको सहकार्यमा भएको थियो । राष्ट्रिय स्तरमा कार्यक्षेत्र रहेको संस्थाले सन् २०१३ जुलाई १४ मा इजाजतपत्र प्राप्त गर्दै नुवाकोटको बट्टार शाखाबाट आफ्नो सेवा सुरुवात गरेको थियो ।
संस्थाको मुख्य उद्देश्य देशका निम्न वर्ग, बिपन्न र सीमान्तकृत समुदायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउनु हो । प्रारम्भिक चरणमा मात्रै भए पनि यसले मुलुकभरि आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ र हाल ७७ वटै जिल्लामा आफ्नो सेवा पुर्याउने लक्ष्यमा अग्रसर छ । हाल संस्था देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुवित्त सेवा सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
उद्देश्य र वित्तीय स्रोतहरू
मेरोमाइक्रोफाइनान्सको मुख्य उद्देश्य भनेको आर्थिक रूपमा कमजोर वर्गलाई बैंकिङ सेवा उपलब्ध गराउनु, उनीहरूको आयस्तर बढाउन सहुलियतपूर्ण ऋण सेवा प्रदान गर्नु हो । यसका लागि संस्थाले बैंकिङ्ग तथा वित्तीय सेवाहरूलाई जनमैत्री र सबैलाई सहज बनाउने प्रयास गरेको छ । संस्थाले आफ्ना सदस्यहरूबाट बचत संकलन गर्दै, ऋण वितरणमार्फत उनीहरूको आर्थिक उन्नतिमा योगदान पुर्याउने दीर्घकालीन योजना बनाएको छ । यस संस्थाको अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जारी तथा चुक्ता पूँजी क्रमशः १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
संस्थाले आफ्ना ग्राहकहरूको आवश्यकता अनुसार विभिन्न प्रकारका वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ । आफ्ना सेवाहरूलाई प्रत्येक सदस्यसम्म पु¥याउने उद्देश्यले विभिन्न रेमिटेन्स सेवाहरू, माइक्रो इन्स्योरेन्स, माइक्रो क्रेडिट जस्ता सेवा प्रवाह गर्दै आएको छ । संस्थाको व्यवस्थापन सूचना प्रणाली पूर्णतया अटोमेटेड रहेको छ जसले शाखा र केन्द्रीय कार्यालयबाट डिजिटल माध्यमबाट ग्राहकसँगको वित्तीय कारोबारलाई नियमित रुपमा अद्यावधिक गर्दछ । यसका साथै, यसले एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र पिओएस मार्फत पनि सेवा दिइरहेको छ ।
ऋण वितरण र संकलनको प्रविधिहरू
मेरोमाइक्रोफाइनान्सले विविध ऋण वितरण विधिहरू अपनाएको छ, जसमध्ये ग्रामीण बैंक मोडेल, सामुदायिक बैंकिङ मोडेल, उद्यमी समूह मोडेल, व्यक्तिगत ऋण मोडेल, र एजेन्ट बैंकिङ्ग मोडेल प्रमुख छन् । यी मोडेलहरूका माध्यमबाट संस्थाले कमजोर र आय आर्जन गर्न कठिनाइ भइरहेको परिवारलाई आर्थिक सहयोग पुर्याएको छ । विशेष गरी महिलालाई सशक्त बनाउन केन्द्र–समूहको मोडेललाई सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।
संस्थाको प्रमुख लक्ष्य भनेको ग्रामीण क्षेत्रका भूमिहीन, अर्धभूमिधारी र मजदूर वर्गलाई आर्थिक सहयोग पुर्याउँदै उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु हो । विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तिकरणमा ठूलो भूमिका खेल्दै आएको छ । संस्थाले महिलाहरूलाई समूह गठन गरेर आर्थिक सहायता पुर्याउने तथा व्यवसायिक तालिमका माध्यमबाट उद्यमशीलतामा पनि सहयोग पुर्याएको छ ।
आधुनिक प्रविधिमा आधारित सशक्त: व्यवस्थापन सूचना प्रणाली
मेरोमाइक्रोफाइनान्सको ब्यवस्थापन सूचना प्रणाली प्रणाली, ‘एम्पावर’ इन्फो डेभलपर्स प्रा. लि. द्वारा विकास गरिएको एक अनुकूलनशील, प्रयोगकर्तामैत्री, पूर्णतया ब्राउजर आधारित अनुप्रयोग हो । यसले ग्राहकसँगको दैनिक वित्तीय गतिविधिहरूलाई डिजिटल स्वरूपमा व्यवस्थित गर्ने र व्यवस्थापन अनुगमन रिपोर्टहरू उत्पादन गर्ने कार्यलाई सहज बनाएको छ ।
यस प्रणालीको अनूठोपन भनेको यसलाई विभिन्न तेस्रो पक्षीय अनुप्रयोगहरूसँग एकीकृत गर्न मिल्ने क्षमता हो जसले गर्दा यसले एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र पिओएस सेवा प्रवाहको पनि व्यवस्थापन गर्दछ ।
संस्थाको दीर्घकालीन उद्देश्य भनेको गुणस्तरीय तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्दै आर्थिक रूपमा बिपन्न समुदायहरूको जीवनस्तरमा सुधार ल्याउनु हो । यसका साथै, यसले देशको सम्पूर्ण वित्तीय प्रणालीमा जनताको विश्वास कायम राख्न योगदान पुर्याउँदै आएको छ । यसले समाजको तलको आर्थिक पिरामिडमा रहेका नागरिकहरूलाई वित्तीय सेवामा पहुँच पुर्याएर उनीहरूको जीवन सुधारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
१३औं वर्ष प्रवेश गरेको अवसरमा मेरोमाइक्रोफाइनान्सले आर्थिक रूपमा कमजोर वर्गलाई आर्थिक सुरक्षा र सहयोग पुर्याउँदै समाजको आर्थिक प्रगति र विकासमा ठूलो योगदान पुर्याएको छ । संस्थाको भविष्यमा अझ व्यापक क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना रहेको छ र यसले थप बिपन्न र सीमान्तकृत समुदायहरूलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आम नागरिकको रहेको छ ।