एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह
२६ कार्तिक २०८१, सोमबार १२:१८
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। ‘आयकर ऐन २०५८’ अनुसार ग्राहकको करकट्टी विवरण नेपाल सरकारको प्यान प्रणालीमा अद्यावधिक गर्न आवश्यक भएकाले बैंकले प्यान अद्यावधिक गर्न भनेको हो।
बैंकको वेबसाइट वा मोबाइल एपको विकल्प प्रयोग गरी वा बैंकको नजिकको शाखा कार्यालयमा गई प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार प्यान अद्यावधिकपछि ग्राहकको करकट्टी विवरण स्वचालित रूपमा दर्ता हुनेछ, जसले गर्दा आयकर प्रमाणपत्र सहजै प्राप्त गर्न सहयोग पुग्नेछ। यदि प्यान अद्यावधिक नगरेको खण्डमा कर कट्टीको जानकारी समायोजन गर्न बैंक जिम्मेवार नहुने सूचनामा उल्लेख गरिएको छ।