गुराँस लघुवित्तको सञ्चालकमा खतिवडा नियुक्त

२६ कार्तिक २०८१, सोमबार ११:४०

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा संस्थापक शेयरधनी मदन खतिवडा नियुक्त भएका छन्।

कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गतको रिक्त सञ्चालक पदमा आगामी साधारणसभाबाट अनुमोदन हुने गरी खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई बाँकी कार्यकाल अर्थात् २०८२ कात्तिक २१ गतेसम्मका लागि नियुक्त गरिएको कम्पनी सचिव भेष बहादुर बस्नेतले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*