माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द, के हो कारण ?

२६ कार्तिक २०८१, सोमबार ११:१६

काठमाडौँ । असोज १० गतेदेखि परेको लगातारको भारी वर्षाका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। असोज १२ गते बिहान ११ बजेतिर बाँधस्थल क्षेत्रमा गएको पहिरोले Dam Operation Control Building, Settling Basin, Box Culvert, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण, ट्रान्समिसन लाइन तथा बाँधस्थल प्रवेश मार्गजस्ता महत्वपूर्ण संरचनाहरूमा क्षति पुर्‍याएको छ।

यस क्षतिका कारण ४५६ मेगावाट विद्युत् उत्पादन ठप्प भएको हो। बाढीका कारण भएको क्षतिको मूल्यांकन पश्चात पुनर्निर्माणको कार्य अगाडि बढाइएको जानकारी कम्पनीले दिएको छ।

यस पुनर्निर्माण कार्यपछि मात्र विद्युत् उत्पादन पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*