थप सुदृढ बन्दै एलआइसी नेपाल, इक्रा नेपालद्वारा ‘ए प्लस’ रेटिङ

२६ कार्तिक २०८१, सोमबार ११:००

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रेटिङ स्तरमा सुधार भएको छ। इक्रा नेपालले कात्तिक १४ गते जारी गरेको पत्र अनुसार कम्पनीको पुरानो रेटिङ स्तर ‘ए’ बाट सुधार गरी नयाँ रेटिङ स्तर ‘ए प्लस’ कायम गरिएको हो।

यस सुधारले कम्पनीको वित्तीय स्थितिमा स्थिरता र विश्वसनीयता वृद्धि भएको संकेत गर्छ। यससँगै इन्स्योरेन्स कर्पोरेशनको व्यवस्थापन र वित्तीय प्रतिवद्धता पनि थप सुदृढ भएको देखिएको छ। रेटिङ स्तर सुधारको यस घोषणाले कम्पनीका ग्राहक, लगानीकर्ता र अन्य सरोकारवालामा विश्वास थपिएको अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*