नाडेप लघुवित्त नोक्सानीमा, ईपीएस ऋणात्मक

२६ कार्तिक २०८१, सोमबार ०९:२६

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष खुद नोक्सानीमा गएको छ। चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म कम्पनी ४ करोड ९७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा गएको हो। गत वर्ष यस अवधिसम्म कम्पनी ५ लाख १० हजार रुपैयाँ खुद नाफामा थियो।

यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी १२.४६ प्रतिशत वृद्धि भएको छ। गत वर्ष ५ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८३ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गर्न सफल भएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ५ करोड २ लाख रुपैयाँ ऋणात्मक भएको छ। गत वर्ष यस्तो नाफा १ लाख १३ हजार रुपैयाँ धनात्मक थियो। कम्पनीको कुल सञ्चालन आम्दानी भने ६ करोड ८४ लाख रुपैयाँबाट बढेर ६ करोड ९० लाख रुपैयाँ पुगेको छ। सञ्चालन खर्च ७ करोड ६२ लाख रुपैयाँबाट बढेर ९ करोड १ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको खराब कर्जा ६.५८ प्रतिशतबाट बढेर १०.५१ प्रतिशत पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी १०.२४ रुपैयाँले ऋणात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७२.९३ रुपैयाँ छ।

चुक्ता पूँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा २३ करोड ४६ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा ११ करोड ९६ लाख रुपैयाँ छ। प्रथम त्रैमाससम्म कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिएको छ भने ६ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको निक्षेप संकलन २ अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*