आजसम्म कायम शेयरधनीले एनएजली इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउँने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि बिक्री खुला गर्न लागेको हकप्रद शेयरमा आज (कात्तिक २६ गते) सम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउँछन्। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्दैछ, यसर्थ उक्त हकप्रदमा आवेदन दिन आजै शेयरधनी भइसक्नु पर्नेछ।
कम्पनीले १०ः६.२५६ को अनुपातमा शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ। हकप्रद शेयर निष्काशन पुस १ गते बैंकिङ्ग समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।