नेपाल लाइफका चम्किला बरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर वलीको दुखद निधन, सामान्य ज्वरोले चुड्यो खुशी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दाङस्थित तुलसीपुर उप शाखाबाट बीमा व्यवसाय गर्दै आएका बरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर वलीको दुखद निधन भएको छ । छोटो समयमा नै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दाङ शाखामा उल्लेख्य प्रगति गर्न सफल वलीको आज दुखद निधन भएको हो ।
गत गत बिहिबारसम्म कार्यालयमा आएर काम गरिरहेका वलीलाई सामान्य सोही दिनमात्रै सामान्य ज्वरो आएको थियो । तुल्सीपुरस्थित अस्पतालमा चेकजाँच गर्दा टाईफाइड देखिएकोमा उपचार गर्दागर्दै शनिबार नेपालगन्ज रिफर गरेर उपचार गर्दागर्दै आइतबार सबेरै निधन भएको हो ।
नेपाल लाइफका उदाउँदो भविष्यको रेखा कोरिरहेका वलीको ४१ वर्षको उमेरमा निधन भएको तुल्सीपुर उपशाखाका प्रमुख बसन्त प्रसाद पोखरेलले बताए । वलीका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । बिहिवारसम्म काम गरिरेकोमा बिहिवारदेखि हल्ला ज्वरो आउने र जीउदुख्ने सामान्य ज्वरोले वलीको परिवारको खुशी चुँडेर लगेको छ ।
नेपाल लाइफको तुल्सीपुर उप शाखामा वलीले विशेष योगदान दिएका थिए । वली पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका केन्द्रीय सदस्य समेत हुन् । उनको निधनमा नेपाल लाइफ दाङ तुलसीपुर शाखा स्तब्ध हुन पुगेको छ । उनी २०२५ का लागि एकै दिनमा एमडिआरटी लक्ष्य पुरा गर्ने सफल बीमा अभिकर्ताको रेकर्ड समेत बनाएका थिए । पछिल्लो पाँच वर्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा उल्लेख्य प्रगति गर्न सफल वली सिओटी २०२१ लक्ष्य पुरा गरिसकेका थिए भने एमडिआरटी २०२१, २०२२, २०२३, २०२४ र २०२५ बन्न सफल भइसकेका थिए ।
पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अभिकारीले पनि बिज्ञप्तिमार्फत वलीको निधनमा शोक व्यक्त गरेका छन् । अध्यक्ष अधिकारीले पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिले १३ दिनसम्म वलीको निधनमा शोक मनाउने निर्णय गरेको जनाएका छन् ।