सगरमाथा जलविद्युतको शेयर मूल्य समायोजन, भोलिदेखि कारोबारमा
२५ कार्तिक २०८१, आईतवार १७:३३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
आइतबार सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ५८४.२५ रुपैयाँ कायम गरिएको छ । यसअघि ६१२ रुपैयाँ रहेको थियो ।
अब कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।