संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता रन्जनाको सफलता, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य

तीन सय जनाको जीवन रक्षावरण गर्न सफल
राजन कठायत
२५ कार्तिक २०८१, आईतवार १७:३९

निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफकी रन्जना साम्बाहाम्फे । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै रन्जना सम्बाहाम्फेले सिटिजन लाइफमा आबद्ध भएको छोटो समयै लोभलाग्दो प्रगति गर्न सफल भएकी छिन् ।

सूरुमा आफ्नै खुद्रा पसलमा सन्तोषजनक व्यवसाय गरिरहेकी रन्जना साम्बाहाम्फेलाई बीमा अभिकर्ता बन्दा सफल भइएला की नभएला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज रन्जनालाई सिटिजन लाइफकी उत्कृष्ट एजेन्सी म्यानेजर बनाएको छ ।

जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता रन्जना साम्बाहाम्फे सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले रन्जनालाई निकै ठूलो सहयोग गरेको छ ।

पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका– ३ मा जन्मिएकी रन्जना अहिले सिटिजन लाइफ इन्स्योरेन्सको दमक शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी साम्बाहाम्फे अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित भएकी छिन् ।

इलाम जिल्लाको म.र.ब. क्याम्पसबाट २०५४ सालमा १२ कक्षा उत्तिर्ण गरेकी रन्जनाले सानैदेखि पढाईप्रति अत्यन्तै लगाव राखेकी थिइन् । गाउँ समाजमा एक शिक्षित नारीको रुपमा आफ्नो परिचय बनाएकी उनी आफ्ना छोराछोरीलाई पढाउन पाँचथरबाट झापाको दमक बसाई–सराई गरेको बताउँछिन् ।

 

आम बीमितहरुको लागि रन्जना एक एजेन्सी म्यानेजर हुन् । तर, आफ्ना छोराछोरीको पढाई र उनीहरुको उज्जल भविष्यको लागि जन्मस्थान पाँचथर छोडेर झापा, दमकलाई कर्मथलो बनाएकी एक सक्षम आमा पनि हुन् । परिवारको जिम्मेवारीलाई समेत काधमा राखेर हिडेर एक सफल, इमान्दार, निडर र क्षमतावान नारी हुन् ।

आम नागरिकहरुसँग बोल्ने नरम शैलि र वित्तीय क्षेत्रको राम्रो ज्ञान भएकी रन्जनालाई बीमा गर्न धेरै कम्पनीका अभिकर्ताहरुले आग्रह गर्छन् । सुरुमा बीमा सम्बन्धि जानकार नभएकी रन्जना सिटिजन लाइफकै एजेन्सी म्यानेजर गोमा श्रेष्ठसँग भएको दोस्रो भेटमा अभिकर्ता व्यवसाय अंगाल्ने निधो गरेको बताउछिन् ।

एजेन्सी गोमा श्रेष्ठसँगको भेटघाटपछि उनी सिटिजन लाइफको दमक शाखा प्रबन्धक रोशन बस्नेतसँग भेटेर सल्लाह गरेपश्चात अभिकर्ता बन्ने निर्णय गरेको सुनाइन् । बस्नेतले बीमाबारे रहेका रन्जनाका हजारौं प्रश्नहरुको जवाफ दिएर उनीलाई बीमा अभिकर्ता बन्न प्रेरित गरेका छन् ।

२०७८ सालको भदौ महिनादेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात गरेको सुनाउछिन् उनी । ‘सुरुमा मलाई त बीमाको बारेमा त्यति धेरै ज्ञान थिएन् । आफ्नो घरपरिवार अनि छोराछोरीको ख्याल गर्नमा व्यस्त थिए । उनले भनिन्, ‘भदौ महिनामा अभिकर्ता कोड निकालेर आफ्नो र छोराको बीमा गरेर बीमा व्यवसायको यात्रा तय गरेको थिए।’

घर परिवार र श्रीमानको राम्रो साथ र सहयोग पाएकी साम्बाहाम्फेले बीमा व्यवसायलाई नै आत्मसाथ गरेर अघि बढ्ने योजना रहेको बताइन् । उनले भनिन् ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै प्रतिस्प्रर्धा रहेको छ । मलाई विस्तारै कम्पनीका विभिन्न तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ।’

अभिकर्ता पेशामा एउटा लक्ष्य निर्धारण गर्न आवश्यक छ । उनले कम्पनीले दिएका विभिन्न टार्गेटहरु पुरा गर्दै आएकीछिन् । ‘आजभोलि गाउँ समाजमा पहिलेको जस्तो झोला बोकेर बीमा गर्नुपर्ने अवस्था छैन् । विभिन्न सामाजिक सञ्जालका माध्यमबाट सल्लाह गरेर पनि बीमा गराउन सकिन्छ।’

‘दमकमा पनि अभिकर्ताहरुबीच तीब्र प्रतिस्प्रर्धा रहेको छ । अन्य कम्पनीहरु अलि पुराना भएकाले हामिहरुलाई बीमा गराउँन अलि बढी मिहिनेत गर्नुपर्छ।’ उनले मुस्कुराउँदै भनिन्, ‘कम्पिटिसन नभएसी के को मज्जा ?, कम्पिटिसन भएपछि अनि बल्ल जितप्रति रमाइलो र गर्व महशुुस हुन्छ ।’

बजारमा बीमाबारे सकारात्मक र नकारात्मक दुबै बराबर रहेको र नकारात्मक धारणालाई सकारात्मक सोचमा समेत परिणत गरेर बीमा गराउने गरेको उनले बताइन् । ‘मानिसहरुलाई एकैबोलीमा बीमा गराउन अलिक गारो नै हुन्छ ।तर उनीहरुलाई राम्रोसँग बुझाउन सक्यौ र आर्थिक रुपमा समझदारी गरेको अवस्थामा असम्भव भन्ने केही छैन्।’

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले रन्जना दमक शाखा कार्यालयमा ७८ र ७९ साल गरी दुई पटक सिटिजन लाइफको गोल्ड क्लव र ८० सालमा डाइमण्ड क्लवमा छनौट हुन सफल भएकी छिन् । यस कुराले बीमा गराउन उनीलाई झन उत्साह मिलेको छ ।

सुरुमा बीमाबारे ज्ञान नभएकी रन्जनाले बीमा व्यवसाय अंगालेपछि कम्पनीका विभिन्न तालिम, सेमिनार तथा मोटिभेसनल प्रोग्राममा उपस्थित भई जानकार बनेको सुनाइन् । विस्तारै गाउँ समाजमा जाने, भेटघाट गर्ने, मानिसहरुलाई बीमाबारे सचेत गराउँदै आफ्नो कार्य क्षमता बृद्धि गर्दै जाने क्रममा आफुलाई सफल बनाइन् ।

 

बीमा व्यवसायलाई नै प्रमुख पेशाका रुपमा रोजेकी रन्जनाको सिटिजन लाइफको उत्कृष्ट एजेन्सी बन्दै एमडीआरटी बन्ने लक्ष्य रहेको छ । जसको लागि उनी निरन्तर रुपमा आफ्नो यात्रा चालिरहेकी छिन् ।

उनी भन्छिन् ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ चार वर्षको अवधिमा उनले करिव ३ सय जनाको बीमा गराएर जीवन रक्षावरण गराएकी छिन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै साम्बाहाम्फेको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा मानिसहरुसँग कुरा गर्दा समेत डराउने रन्जना अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले झापा दमकका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकीछिन् ।

छोटो अवधिमा नै बीमा व्यवसायले आफ्नो भविष्य सुरक्षित बनाएकी रन्जनाले कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उपयुक्त बीमा पोलिसी बिक्री गर्दै आएकी छिन् । उनको यस कार्यले आम नागरिकको जीवन रक्षावरण भएको हुदाँ खुशी छिन् ।

अन्तमा रन्जनाले आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएकीछिन् । आफुलाई विश्वास गरेर बीमा गरिदिने सयौ बीतिम, आफ्नो घरपरिवार र सिटिजन लाइफको समग्र टोलीलाई धन्यवाद व्यक्त गरेकीछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*