सडकपेटीमा सिमेन्ट बालुवा राखेको भन्दै महानगरले तिरायो निर्माण कम्पनीलाई जरिवाना
२५ कार्तिक २०८१, आईतवार १६:२४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानको दुरुपयोगको आरोपमा निर्माण कम्पनीलाई जरिवाना गरेको छ। कोटेश्वरस्थित वडा नम्बर ३२ मा निर्माणाधीन सरस्वती युवा क्लबको कामका लागि सडक पेटीमा सिमेन्ट र बालुवा राखेको भन्दै महानगरले फाल्गुनन्द्र निर्माण सेवालाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।
महानगर प्रहरीका अनुसार शनिबार उक्त कम्पनीलाई जरिवाना तिराइएको हो। यसअघि पनि महानगरले सार्वजनिक स्थलमा निर्माण सामग्री राख्ने निर्माण कम्पनीहरूलाई कारबाही गर्दै आएको छ। सार्वजनिक स्थानमा अव्यवस्थित सामग्री राख्दा सर्वसाधारणलाई असुविधा हुने भएकाले यो कदम चालिएको महानगरले जनाएको छ।