२२८ कम्पनीका लगानीकर्ता बने मालामाल, ७ वटामा सकारात्मक सर्किट

२५ कार्तिक २०८१, आईतवार १५:१९

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगँ २२८ वटा कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । जसमा ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गुराँस लघुवित्त, श्रीजनशिल लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पछिल्लो समय लगानीकर्तालाई निराश बनाएको पुँजी बजारले आइतबार उत्साहजनक कारोबार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*