सानिमा जिआइसी र समृद्धि फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी
२५ कार्तिक २०८१, आईतवार १५:०५
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै सानिमा जिआइसी इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ३८ करोड चार लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २७ करोड तीन लाख रुपैयाँ, एचआईडिसीको १९ करोड रुपैयाँको कारोबार भएको छ ।