सानिमा क्यापिटलको साधारणसभा आज
२६ कार्तिक २०८१, सोमबार ०६:१२
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा आज (कात्तिक २६ गते) बस्दैछ। सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने र नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू सभामा पेश गरिनेछ ।