प्रधानमन्त्री ओलीको चीन भ्रमणको तारतम्य मिलाउन ईश्वर पोखरेलको नेतृत्वमा विशेष टोली चीन जाँदै

२५ कार्तिक २०८१, आईतवार १२:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको यही मंसिर १७ गतेदेखि २० गतेसम्म चार दिने चीन भ्रमण सफल पार्न नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा विशेष टोली भोलि चीनतर्फ जाने लागेको एमाले स्रोतले जनाएको छ ।

टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल पार्न भूमिका खेल्ने बताइएको छ । भोलिदेखि चीन भ्रमणमा जाने टोलीमा एमालेका सचिव लेखराज भट्ट, कानुन व्यवसायी सानुराज पोखरेल, कर्णालीका गोरखबहादुर बोगटीसहितका नेताहरु सहभागी हुने जनाइएको छ ।

टोलीले करिब १५ दिन चीनमा रहेर आगामी मंसिर १० गतेसम्म महत्वपूर्ण भेटवार्ता गर्नेछ । उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विशेष व्यक्तिहरु छलफल गर्ने जनाइएको छ ।
यस पटक प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँजो बालुवाटारबाटै मिलाइएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले हरेक सूचना चुहाएर विदेशमा बिक्री गर्ने गरेकोले यस पटक ओलीले चीन भ्रमणका कतिपय एजेण्डा गोप्य राख्न चाहेका छन् । प्रम ओलीको चीन भ्रमणबारे परराष्ट्रमन्त्री आरजु राणाले समेत सञ्चार माध्यमबाटै सूचना पाएकी थिईन् ।

यस पटक प्रम ओलीको चीन भ्रमण विशेष बनाउने सम्भावना रहेको छ । यद्यपि यसअघि सन् २०१७ मा तत्कालिन बेला भर्खरै प्रधानमन्त्री भएका ओलीले बोआओ फोरम फर एसिया सम्मेलनमा आउछु भनेर चीनलाई धोका दिई भारततिर गएकोले अझै चिनियाँहरुले पूर्ण विश्वास भने नगरेको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*