७२ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा, विद्युत बिक्री आम्दानी ८ करोडमाथि

२५ कार्तिक २०८१, आईतवार ११:४८

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

उक्त नाफा गत आर्थिक वर्षको सोहि तुलनामा ७२.८० प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासम्ममा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीले ८ करोड २७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष कम्पनीले ७ करोड रुपैयाँ रुपैयाँ बराबरको विद्युत बिक्री थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ, जगेडा १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ३ पैसा र प्रतिशेयर नेटवर्थ ६७.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०.६४ गुणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*