शाइन रेसुङ्गा बैंकको लाभांश घोषणा
२५ कार्तिक २०८१, आईतवार १०:०८
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।
साथै बैठकले घोषित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।