प्रतिकित्ता १२५ रुपैयाँमा सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

२५ कार्तिक २०८१, आईतवार ०८:००

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रा. लि. को नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउँछन् । शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ।

साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*