हाथवे इन्भेष्टमेण्टको साधारणसभा आज

२५ कार्तिक २०८१, आईतवार ०७:४०

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते बस्दैछ। सभा काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश हुनेछ।

यसको अलवा गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समतिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू सभामा पेश गरिनेछ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ। यसर्थ कात्तिक ६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*