डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता शेयर बिक्रीमा
२५ कार्तिक २०८१, आईतवार ०७:२७
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी विष्णुप्रसाद न्यौपानेको नाममा रहेको ५२ हजार ७३५ कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्। शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चोहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई कम्पनीको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ।