माछापुच्छ्रे बैंकको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२५ कार्तिक २०८१, आईतवार ०७:१५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाई बैंकको शेयर विभागमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*