बीमा कम्पनीको लाभांश वितरणमा कडाई, यी व्यवस्था लागू गरे मात्रै घोषणा गर्न पाईने

२३ कार्तिक २०८१, शुक्रबार १८:११

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गर्ने भएको छ। बीमा प्राधिकरणले लाभांश वितरणमा कडाई गर्दै लाभांश घोषणा गर्नुअघि कम्पनीलाई नयाँ मापदण्ड लागू गर्न समेत निर्देशन दिएको छ।

बीमा कम्पनीहरुले लाभांश स्वीकृती माग गर्दा बीमा प्राधिकरणमा अडिट रिर्पोट सहित प्राधिकरणको मापदण्ड अनुसार कागजात बुझाएपछि मात्रै लाभांश स्वीकृती दिने व्यवस्था ल्याएको छ ।

प्राधिकरणले लांभाश स्वीकृत गर्नुअघि बाह्रय लेखापरिक्षकको लङ्ग फर्म अडिट रिर्पोट पेश गर्न निर्देशन कम्पनीहरुलाई दिएको छ।

भने बीमकले लाभांश स्वीकृति माग गर्दा आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रेहेन्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनसमेत पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।

प्राधिकरणका अनुसार उक्त भेरियन्स प्रतिवेदनको कुनै पनि शीर्षकमा १० प्रतिशत वा सोभन्दा बढी रकमको फरक देखिएमा सोको मनासिव कारण समेत खुलाउन बिषय उल्लेख गरेको छ।

बीमा कम्पनीहरुले नियामकिय नयाँ व्यवस्था लागू नगरि लाभांश घोषण गर्न नपाउने प्राधिकरणले जनाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*