धनराज गुरुङकी पूर्वपत्नीसहित थप एक जना विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी

२३ कार्तिक २०८१, शुक्रबार १६:०७

काठमाडौँ – मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार इन्टरपोलको महासचिवालयबाट जारी भएको यो रेड नोटिसले उनीहरूलाई कानुनी कारबाहीका लागि अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्ने प्रयासलाई बल मिलेको छ।

ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। ललितपुर महानगरपालिका वडा नम्बर–५, महालक्ष्मीस्थानमा सञ्चालन हुँदै आएको मितेरी सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा गुरुङ र भण्डारीविरुद्ध सीआईबीमा उजुरी दर्ता भएको थियो। उक्त उजुरीका आधारमा नेशनल सेन्ट्रल ब्यूरोले इन्टरपोल महासचिवालयमा पत्राचार गरेपछि रेड नोटिस जारी गरिएको हो।

सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले संस्थाको रकमको दुरुपयोग भएको भन्दै सीआईबीमा उजुरी गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*