रुपन्देहीमा सशस्त्र र राजश्व टोलीमाथि चिनी तस्कर समूहको आक्रमण

२३ कार्तिक २०८१, शुक्रबार १२:१६

काठमाडौँ । रुपन्देहीमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलिमाथि चिनी तस्करहरुको समुहले आक्रमण गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ तस्करहरुको समुहले आक्रमण गरेको हो ।

सशस्त्र प्रहरीले बरामद गरेको चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको प्रहरीको दावी छ । अवैध चिनी बरामद गरेर फर्किने क्रममा बिहीबार साझ करिव सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुगामुढा गरेको प्रहरीले बताएको छ ।

पछिल्लो समय सिमावर्ती क्षेत्रमा अवैध कारोबार बढ्दै गएको छ । भारतिय बजारबाट अबैध रुपमा विभिन्न समान नेपाल भित्र्याउने ठूला–ठूला समुह सक्रिय रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*