यी पाँच लघुवित्तको शेयर खरिद गर्दा अझै लाभांश प्राप्त गर्न सकिने
काठमाडौँ । लाभांश सिजन चलि रहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरि रहेका हुन् । लाभांश घोषणा गरेका मध्ये ५ वटा लघुवित्त कम्पनीहरुले अझै बुक क्लोज तय गरेका छैनन् ।
नेशनल लघुवित्त, सर्पोट, फरवार्ड माइक्रोफाइनान्स, आरएसडी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बुक क्लोज गरेका छैनन् । यी कम्पनीहरुको शेयर खरिद गर्दा लाभांश अझै प्राप्त गर्न सकिने छ ।
यी कम्पनीमा नेशनल लघुवित्तले १४.२५ बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद, सर्पोट लघुवित्तले १३.७७ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद, फरवार्ड लघुवित्तले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद, आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पनि ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश दिने भएका हुन् ।