सुपरमादी हाइड्रोपावरको नाफामा सुधार, कस्ता छन् अन्य वित्तीय सूचांकहरु ?

२३ कार्तिक २०८१, शुक्रबार ११:००

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अवधिमा सामान्य अंकले बृद्धि भएको छ ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५०.८४ प्रतिशतले बढेर समीक्षा अवधिमा १६ करोड १३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको पहिलो तीन महिनामा १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, कम्पनीको कुल नाफा ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा झरेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ ।

दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*