चितवनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

२३ कार्तिक २०८१, शुक्रबार ०८:१७

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सत्रकिलो भन्ने ठाउँमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा. प्र. ०६–००१ ज ०२९८ नम्बारको हायस र नायरणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ख २८९२ नम्बरको बस आज बिहान करीब ३ बजे ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परि तीन पुरष र एक महिलाको मृत्यु भएको छ। मुत्यु हुने सबैजना हायसमा सवार यात्रुहरू हुन्। बसका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्र बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने २ जना सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*