विरुवा कन्स्ट्रक्सन सहित १८ ठेकेदार कम्पनी कालोसूचीमा

२३ कार्तिक २०८१, शुक्रबार ०७:५९

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विरुवा कन्स्ट्रक्सन प्रा.लि. सहित विभिन्न १८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज कात्तिक २३ गते एक सूचना जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सार्वजनिक गरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षसम्मको अवधिका लागि कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

कार्यालयले ४ वटा ठेकेदार कम्पनीलाई साढे दुई वर्ष, २ वटा कम्पनीलाई दुई वर्ष, ५ वटा कम्पनीलाई साढे १ वर्ष र ७ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।

यसरी कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीदका कारवाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*