उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सम्पन्न

२३ कार्तिक २०८१, शुक्रबार ०७:२१

काठमाडौं । धार्मिक आस्था र प्रकृतिप्रतिको सम्मानको प्रतीक छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी मनाइँएको छ। चार दिनसम्म चल्ने यो पर्व आज अर्घ्य अर्पणसँगै सम्पन्न भएको हो।

काठमाडौंदेखि तराईलगायतका विभिन्न क्षेत्रका नदी, पोखरी र घाटहरूमा भक्तजनहरूले आस्थापूर्वक उदाउँदो सूर्यदेवको पूजाआजा गरी अर्घ्य अर्पण गरेका छन्।

यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ हो । यो दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन गर्छन् । दोस्रो दिन रूले स्नान गरी शुद्ध भोजन गर्छन् । दोस्रो दिन ‘खरना’ मा दिनभर व्रत बसेर साँझमा प्रसाद तयार गरी चन्द्रमालाई अर्पण गरिने परम्परा छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथौ अर्थात् अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व सम्पन्न गर्ने परम्परा रहीआएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*