आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था दयनीय, पहिलो त्रैमासमा ४३ लाख घाटा

२२ कार्तिक २०८१, बिहीबार ११:५४

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले घाटा व्यहोर्नु परेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा संस्थाले ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस संस्थाको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड ६९ लाख रुपैयाँ थियो । लघुवित्तले प्रोभिजनका लागि छुट्याएको रकम ७०.२३ प्रतिशतले बढेको छ । प्रोभिजनको रकम बढ्दा संस्थाले घाटा व्यहोरेको हो ।

चुक्ता पुँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ छ । पुँजीको तुलनामा जगेडा कोषको आकार करिब ३ गुणा ठूलो छ । एनपीएल भने १४.४३ प्रतिशत पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*