निगमले भोलीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान गर्ने

२२ कार्तिक २०८१, बिहीबार ११:५२

काठमाडौँ । नेपाल वायुसेवा निगमले भोली शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान गर्ने भएको छ । निगमले साताको चार दिन भैरहवा–दुबई उडान गर्न लागेको हो ।

निगमले आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ । भैरहवा विमानस्थलबाट निगमसँगै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*