प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

२२ कार्तिक २०८१, बिहीबार १०:४८

काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपियाँमा शेयर निष्कासन गरेको हो ।

उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र निवेदन पेश नभएमा उक्त शेयर अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*