प्रतिकित्ता ४०० रुपैयाँमा नै मिथिला लघुवित्तको शेयर किन्ने मौका

२२ कार्तिक २०८१, बिहीबार १०:२७

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिने गरी जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर ५ गते भित्र कम्पनीको केन्द्रिय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।

आवेदन दिदा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*