डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो

२२ कार्तिक २०८१, बिहीबार ०८:२४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २२.९८ प्रतिशतले घटेको हो।

कम्पनीले गत आवको असोज मसान्तसम्म ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवमा घटेर ६ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १२ करोड ६० लाख रुपैयाँबाट घटेर ९ करोड ७१ लाख रुपैयाँमा झरेको छ।

चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी भने २४.५० प्रतिशतले बढेर ४१ करोड ६१ लाख रुपैयाँभन्दा बढी पुगेको छ। जुन गत वर्ष ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी थियो। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड २० लाख रुपैयाँबाट बढेर ४६ करोड २२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ५.१४ प्रतिशतबाट बढेर ९.०१ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २२.७६ रुपैयाँबाट घटेर १५.९४ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१७.६२ रुपैयाँ छ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड छ भने रिजर्भमा १ अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले ग्राहकमा २४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ९ अर्ब ८१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*