नेपाल पुनर्बीमा कम्पनीले अन्तराष्ट्रिय बीमा बजारबाट ८ प्रतिशतको व्यवसाय भित्रयाएको छः सिईओ थापा

२१ कार्तिक २०८१, बुधबार २१:१२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले हाल अन्तराष्ट्रिय बजारमा १३ देशमा कम्पनीसँग कारोबार गर्दै आएको बताएका छन् ।

अन्तराष्ट्रिय बजारबाट बीमा कम्पनीसँग बीमाशुल्क ८ प्रतिशत पाँउदै आएको समेत उनले कार्यक्रममा बताएका थिए । विदेशबाट पुनर्बीमाबाट आएको रकम लगानीयोग्य क्षेत्रमा समेत लगानी गर्दै आएको समेत उनले जानकारी दिएका थिए ।

नेपाल पुनर्बीमाको भवन निर्माण कार्य र अन्तराष्ट्रिय बजारलाई सुहाउदो सफ्टवेयर अन्तिम चरण पुगेको र आगामी बर्षबाट कार्यान्वयनमा आउने समेत प्रकाश पारेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा कम्पनीको बलियो उपस्थिती बनाएर लैजाने योजना बनाईसकेको सो अनुसार नै काम भईरहेको समेत सिईओ थापाले बताए ।

उनले ११ औं बर्षसम्म आईपुग्दा कम्पनीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्न सबैललाई र बिशेष गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, शेयरधनीलगायत सबै सरोकारवाला समेत धन्यवाद दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*