पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघका उपाध्यक्ष बैदवारको चेतावनी, ‘यस्तै ताल हो भने आगामी दिनमा सहकार्य नहुनसक्छ’
काठमाडौं । नेपाली पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र बैदवारले आगामी बर्ष पनि पुनर्बीमा कम्पनीले नेपाली परिवेश अनुसार चुनौतीहरुको रिक्स वयवस्थापन गर्ने विकल्प नखोजे सहकार्य नहुन सक्ने चेतावनी दिएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको ११ औं बार्षिकोत्सको अवसरमा संघका उपाध्यक्ष वैदरवाहले बीमा कम्पनीहरुमा आगामी दिनमा आउने चुनौतीहरुलाई कसरी रिक्स मोडुलेसन गर्ने भन्ने बिषयमा पनि ध्यान जान जरुरी रहेको बिषयमा सुझाएका थिए ।
नत्र बीमा कम्पनीहरुले नेपलाका पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गर्न असहज स्थिती आईरहेको समेत बताएका थिए । प्राकृतिक विपतको कारण असहज र बीमाको प्राईसिङ बढ्ने अवस्था समेत रहेको हुँदा पुनर्बीमा कम्पनीले समयमा आफूलाई नेपालको बीमा बजार अनुसार आफूलाई प्रस्तुत गर्न नसके नेपाली बीमा कम्पनीहरु नेपालमा रहेका पुनर्बीमा कम्पनीमा बीमा गराउन नसक्ने अवस्थामा पुग्न सक्ने समेत बताएका थिए ।
बीमा कम्पनीहरुमा आँउदा चुनौतीहरुलाई कसरी रिक्स व्यवस्थापन गर्ने र नेपालका बीमा कम्पनीहरुलाई कसरी सुरक्षित गराउने भन्नेमा कम्पनीको ध्यान जान जरुरी रहेको छ । नत्र भने नेपालका पुनर्बीमा कम्पनीमा बीमा गर्न बीमकहरु असहज भईरहेको समेत कार्यक्रममा उनले बताए । आगामी बर्षहरुमा नविकरण गर्न मुस्किल रहेको समेत ध्यानाकर्षण गराएका थिए ।
पुनर्बीमा कम्पनीहरुको आवश्यकता बीमा कम्पनीहरुको बीमा गर्न आवश्यकता भएर खडा भएको हो । साच्चिकै बीमा कम्पनीहरुमा पुनर्बीमाको आवश्यकतालाई अहिलेको अवस्था कम्पनीले परिपूर्ति गरेको छ वा छैन भनेर सोच्नुपर्ने बेला आएको छ ।
भर्खरै मात्र हामीले प्राकृतिक विपतको सामना गर्नु परेको छ। पुनर्बीमा कम्पनीले महाविपत्तिमा के गर्न सक्यो त्यो पनि हेर्न जरुरी रहेको बताएका छन् । बीमा कम्पनीहरुलाई यस्तो अवस्थामा कसरी सारथीको भूमिकामा निर्वाह गर्न सक्यो वा सकेन भनेर रिभ्यू गनुपर्ने भन्दै सुझाएका थिए ।
११ बर्षसम्म आईपुग्दा पनि नेपाल सरकारले संरक्षण गरिदिएको व्यवसायमा नै रमाईरहेको कि आफनो क्षमतापनि प्रर्दशन गरेको भन्दै प्रश्न गरेका छन् ।
एक दशकसम्म आईपुग्दा आइपुग्दा कम्पनी आफनो बलबुताले काम गरिरहेको छ कि सरकारले संरक्षण गर्न दिएको निश्चित सिमाभित्र रमाईरहेको छ भन्दै प्रश्न गरे। त्यो कुरामा आफू व्यवसायी भएर आफनो दायरा विस्तार गर्न र अन्तराष्ट्रिय स्तरमा नै आफनो उपस्थिती बढाउन पर्ने धेरै मिहेनत गनुपर्ने आवश्यक रहेको समेत बताएका थिए ।