नयाँ शैलीको प्राकृतिक विपत्तिसँगै बीमा क्षेत्रमा जोखिम बढ्दो छः पूर्व अध्यक्ष प्रा.डा. केसी

२१ कार्तिक २०८१, बुधबार १७:५३

काठमाडौं । बीमा विज्ञ तथा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले विश्वभर नै बीमा क्षेत्रमा जलवायु परिर्वतनको प्रकोपले नयाँ चुनौति थपिएको बताउँदै पुनर्बीमा कम्पनीहरु सचेत हुनुपर्ने औल्याएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको ११ औं बार्षिकोत्सवको अवसरमा कम्पनीद्वारा आयोजित बार्षिकोत्सव कार्यक्रम पूर्व अध्यक्ष केसीले विश्वभर नै जलवायु परिवर्तनको असरका कारण नयाँ नयाँ जोखिमहरु बढिरहेको बताउँदै पुनर्बीमा कम्पनीहरु विश्लेषणले गरेर काम गर्नुपर्ने बताए ।

प्रा.डा. केसीले साउदी अरबमा पहिलो पटक हिउँ परेको र नेपालमा हालै गएको बाढिपहिरोबाट बीमा कम्पनीहरुले नयाँ सिक्ने अवसर पाएको बताए । प्रा.डा. केसीले विश्वभर जलवायु परिवर्तनको असर बढिरहेको र बीमा क्षेत्रमा नयाँ नयाँ जोखिमहरुले चुनौति थपिएको बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*