सिटिजन लाइफद्वारा देशभरीका शाखामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२१ कार्तिक २०८१, बुधबार १७:०७
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै देशभरीका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो ।
कम्पनीले जलेश्रर, महेन्द्रनगर, धनुषा, सिन्धुली, चरीकोट, कोटेश्वर, मैतीदेवि, भिमाद, कोहलपुर, भैरहवा, रोल्पा, राजापुर, श्रीनगर र दिपायल शाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि कुनै पनि संकायमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले कात्तिक ३० गतेभित्र कम्पनीको आधिकारीक वेबसाईट मार्फत आवेदन दिन सक्ने भएका छन् ।