नेपाल पुनर्बीमा कम्पनीको प्रभातफेरी (तस्विरहरु)

राजन कठायत
२१ कार्तिक २०८१, बुधबार ०९:१५

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बुधबार बिहान ७ बजेदेखि काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको उक्त प्रभातफेरी भद्रकाली, धरहरा, रत्नपार्क हुदैैँ भृकुटीमण्डमा नै पुगेर समापन भएको हो ।

प्रभातफेरी कार्यक्रममा विभिन्न निर्जीवन बीमा कम्पनी, माइक्रो इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीका कर्मचारी लगायतको बाक्लो उपस्थिती रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित सम्पूर्ण बीमा क्षेत्रका कर्मचारीहरुलाई स्वागत गर्नुका साथै पुनर्बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. देवराज ढुङ्गानाले कार्यक्रमलाई समापन गर्नुका साथै निर्जीवन बीमा कम्पनीहरु र पुनर्बीमा कम्पनीहरु एक सिक्काको दुई पाटा जस्तै रहेको बताएका थिए ।

प्रभातफेरी कार्यक्रममा उपस्थित कर्मचारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुले हर्षोल्लासका साथ प्रभातफेरी सम्पन्न गरेका थिए । बीमा सम्बन्धि सामाजिक जनचेतना झल्काउने नारासहितको बोर्ड समातेर सहभागी भएका कर्मचारीका कारण प्रभातफेरी झन् राम्रो र भव्य देखिएको थियो ।

  

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*