निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा
२१ कार्तिक २०८१, बुधबार ०८:०२
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछ्न्। शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।